भारतको युथ–१६ फुटबल टिम लगातार चौथो पल्ट एएफसी च्याम्पियनसिपका लागि छनोट

Agency

भारतको युथ टोली एएफसी युथ–१६ च्याम्पियनसिपका लागि छनोट भएको छ। आइतबार तास्कन्दमा भएको तेस्रो खेलमा उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा राखेपछि सन् २०२० बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि भारत छनोट भएको हो। 

भारतीय फुटबल संघले जनाएअनुसार ‘ड्र’ सँगै टिमले समूह ‘बी’ मा ७ अंक बटुलेर शीर्ष स्थान बनाएको छ। उज्वेकिस्तानको पनि ७ अंक नै छ तर भारत गोल अन्तरको आधारमा माथि रहँदै च्याम्पियनसिपका लागि छनोट भएको हो।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

भारतको गोलअन्तर प्लस १० छ भने उज्वेकिस्तानको प्लस ३ रहेको छ। भारतीय युवा टिमको यो लगातार १४ अपराजित खेल थियो। अघिल्लो दुई खेलमा भारतले तुर्कीमिनिस्तान र बहराइनलाई समान ५–० गोलअन्तरले हराएको थियो।

उज्वेकले बहराइनलाई ३–१ र तुर्कीमिनिस्तानलाई ३–२ ले पराजित गरेको थियो। भारत २०११ यता लगातार चौथो पल्ट युथ–१६ च्याम्पियनसिपका लागि छनोट भएको हो। भारतले २०११, २०१५ र २०१७ मा एएफसीको फाइनलमा स्थान बनाएको थियो।

प्रकाशित मिति: : 2019-09-23 15:38:20

प्रतिकृया दिनुहोस्