क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जमैका तल्लावाहसविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको जमैका निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो ।
उसका लागि विकेटकिपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए। रामाल लेविसले २७ रन बनाउने क्रममा २२ बल खेल्दै १ चौका र २ छक्का हिर्काए। चाडविक वाल्टन १३, क्रिस गेल १, इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए । जाडे ड्रेनबाच ९ रनमा अभिजित रहे।
जमैकालाई सस्तैमा रोक्न बार्बाडोसका कप्तान जोसन होल्डर २, सन्दीप लामिछाने र रेमोन रिफरले समान २-२ विकेट लिए। रोशन प्रिमुस, हेरी गुर्नी, जेपी ड्युमिनीले समान १-१ विकेट लिए।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। जसमा १० बल डट फालेका थिए।
पहिलो ओभरः ३ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , २ )
सन्दीप पाँचौ ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर बलिङ गर्न आएका थिए। पहिलो बलमा ग्लेन फिलिप्सलाई १ रन दिए । सन्दीपले दोस्रो बलमा चाडविक वाल्टनलाई एलशे नर्शबाट १३ रनमा क्याच आउट गराउँदै पहिलो सफलता हात पारे। सन्दीपले अन्य तीन बल कप्तान जर्ज वर्करलाई लगातार डट फाले। अन्तिम बलमा दुई रन दिए।
दोस्रो ओभरः५ रन खर्चेर १ विकेट (१ , १ , १ , विकेट , १ , १) :
सन्दीपले नवौं ओभरमा ५ रन खर्चेर १ विकेट लिए। ग्लेन फिलिप्स र ड्वेन स्मिथलाई सुरुवाती तीन वलमा १-१ रन दिए। चौथो बलमा सन्दीपले ड्वेन स्मिथलाई जस्टिन ग्रिब्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए। पाँचौ र छैठौं बलमा १-१ रन खर्चे ।
तेस्रो ओभरः५ रन (१ , ० , १ , ० , १ , २ बाई)
सन्दीपले १६ औं ओभरमा मात्र ५ रन खर्चिए। शमर स्पिन्जरलाई पहिलो बलमा १, रमाल लुईसलाई दोस्रो डट र तेस्रोमा १ रन दिए। चौथो बल डट राख्दा पाँचौ बलमा पनि १ रन दि । अन्तिम बलमा जोसन चाल्सले स्टम्पिङ गर्न चुक्दा वाईका रूपमा लुईसले दुई रन पाए।
चौथो ओभरः ६ रन ( २ , ० , १ , ० , २ , १ )
सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरको रूपमा १८ औं ओभरमा ६ रन खर्चिए। पहिलो बलमा लुईसलाई २ र दोस्रो डट फाले। तेस्रोमा १ रन दिँदा चौथो बल पुनः डट फाले। पाँचौमा २ र अन्तिममा १ रन दिदै आफ्नो स्पेल सकाए।
Sandeep Strikes!!! #BTvJT #CPL19 #CricketPlayedLouder #BigestPartyInSport pic.twitter.com/xOOUndtxzn
— CPL T20 (@CPL) September 23, 2019
उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा कुनै पनि बाउन्ड्री प्रहार हुन दिएनन् भने कुल १० वटा डट बल गरे। ४ ओभरमा उनले १७ रन खर्चेर २ विकेट लिए पनि यो क्यारेबीयन प्रिमियर लिगमा सन्दीपको सबैभन्दा किफायती स्पेल भने होइन।
उनले गत वर्ष सेन्ट किट्सको लागि खेल्ने क्रममा गुएना अमेजन वारियर्स बिरुद्ध २ विकेट लिँदा मात्र १२ रन खर्चिएका थिए। यस्तै सेन्ट लुसिया स्टार्ससँग पनि २ विकेट लिँदा १३ रन मात्र खर्चिएका थिए।
प्रतियोगितामा छैठौं खेल खेल्दा सन्दिपले आफ्नो विकेट संख्या ८ पुर्याएका छन्। पहिलो खेलमा १ ओभर मात्रै बलिङ गरेका सन्दिपले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए।
तेस्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध र पाँचौ खेलमा गुयना अमेजन वारियार्स बिरुद्ध उनले १ विकेट लिएका थिए।
बिरुद्ध – गुयना अमेजन वारियर्स : ० विकेट (१-०-५-०)
बिरुद्ध – सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स – ३ विकेट (४-०-२२-३)
बिरुद्ध – जमैका तल्लावाह – १ विकेट (४-१-३५-१)
बिरुद्ध – सेन्ट लुसिय जुक्स – १ विकेट (३.५-०-२९-१)
बिरुद्ध – गुयना अमेजन वारियार्स – १ विकेट (३-०-२१-१)
बिरुद्ध – जमैका तल्लावाह – २ विकेट (४-०-१७-२)