लाइसेन्स चोरेर बक्सिङ खेलेका एक बुल्गेरियनको रिङमै निधन

Agency

आफ्नो भाईको नाममा बक्सिङ खेल्न रिङमा उत्रिएका एक बुल्गेरियन बक्सरको खेलकै क्रममा निधन भएको छ। यसको रहस्य उनको निधनपछि खुलेको हो। रिङमै ज्यान गुमाएका ती बक्सरले भाईको लाइसेन्स चोरेर बक्सिङ खेलेको बताइएको छ।

बोरिस नाम गरेका ती बक्सर एक वर्षदेखि भाईको नाममा रिङमा उत्रिँदै आइरहेका थिए। उनको निधन हुँदा भाई घरमा थिए। बक्सिङ संघले पनि उनको निधनको पुष्टी गरेको छ।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

उनको निधन हुँदा सुरुमा इसुस भेलिच्कोभको निधन भएको भनिएको थियो। तरपछि उनी इसुस नभएर उनका दाजु बोरिस भएको पुष्टी भयो।

गत साता अल्बानियाका सोकदरसँगको भिडन्तमा उनी रिङमै ढल्न पुगेका थिए। बोरिसले भाईको नामबाट ६ वटा खेल खेलेको पुष्टी भएको छ।

यो घटनाले बुल्गेरियन बक्सिङको अवस्था पुष्टी भएको विदेशी मिडियाले जनाएका छन्।

प्रकाशित मिति: : 2019-09-25 08:57:10

प्रतिकृया दिनुहोस्