नेपालको चौथो विकेट गुम्यो

तस्बिरः बिएल नेपाली सेवा

सिंगापुरमा आयोजना भइरहेको तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

इन्डियन एसोसियसनको मैदानमा टस जितेको जितेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरूवात गरेको छ।

पहिलो ओभरमा ४ रन बनाएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा विकेट गुमाएको छ।

ओपनिङमा पारस खड्कालाई साथ दिन आएका ईशान्त पाण्डे ८ बल खेल्दै ४ रन बनाएर आउट भए। यस्तै छैठौं ओभरको तेस्रो बलमा आरिफ शेख व्यक्तिगत ७ रन बनाएर आउट भए।

कप्तान पारस खड्का पनि २१ बल खेल्दै १८ रनमा आउट भए । यस्तै कुशाल मल्लले ७ बल खेल्दै २ रन बनाए । अहिले क्रिजमा दिपेन्द्रसिह ऐरी र सन्दिप जोरा रहेका छन् ।

नेपालले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ३० रन बनाएको छ। कप्तान पारस खड्काले १९ बलमा ३ चौकासहित १७ रन बनाए भने शेखले ९ बलमा १ चौकासहित ७ रन बनाका छन्।

नेपाल र जिम्बावेबीच टी-ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।

प्रकाशित मिति: : 2019-09-27 17:48:36

प्रतिकृया दिनुहोस्