बिगबास र बीपीएल नखेल्ने गेलको घोषणा

तस्बिरः एजेन्सी

वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिस गेलले दुई ठुला फ्रेन्चाइज लिग नखेल्ने भएका छन्।

गेलले आफुलाई अहिले विश्रामको आवश्यकता देखिएको कारण अष्ट्रेलियाको बिगबास लिग (बीबीएल) र बंगलादेशको बंगलादेश प्रिमिएर लिग (बीपीएल) क्रिकेट नखेल्ने बताए।

बीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा गेलको नाम समावेश गरिएको थियो। तर, गेलले बीपीएलमा आफ्नो नाम कसरी दर्ता भयो भन्ने कुरा आफुलाई थाहा नभएको बताए।

गत सिजन गेलले रंगपुर राइडर्सबाट बीपीएल र मेलवर्न रेनिगाड्ेसबाट बिगबास खेलेका थिए।

प्रकाशित मिति: : 2019-11-27 18:32:28

प्रतिकृया दिनुहोस्