नापोलीसँग घरेलु टोली लिभरपुल बराबरीमा रोकियाे

तस्बिरः एजेन्सी

लिभरपुल च्याम्पियन्स लिग फुटबलमा नापोलीसँग बराबरीमा रोकिएको छ।

बुधबार राति भएको खेलमा घरेलु टोली लिभरपुल नापोलीसँग १–१ गोलको बराबरी रोकिएको हो।

डेरिस मार्टिन्जले २१ औ मिनेटमा पाहुना टोली नापोलीलाई खेलमा अग्रता दिलाएका थिए। अफसाईट विट गर्दै कठिन कोणबाट उनले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

डिजन लोभरेनले ६५ औ मिनेटमा लिभरपुका लागि बराबरी गोल फर्काए।

समूह ईमा शीर्ष स्थानको लिभरपुलको १० अंक छ। दोस्रो स्थानको नापोलीको ९ अंक छ।

अन्तिम खेलमा अंक जोड्न सफल रहेमा दुवै टोली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रकाशित मिति: : 2019-11-28 07:12:38

प्रतिकृया दिनुहोस्