धवनकाे बाँया खुट्टामा चोट, वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी सिरीज गुमाउने

तस्बिरः एजेन्सी

भारतीय क्रिकेट टिमका ओनापर ब्याट्सम्यान शिखर धवनले वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरीज गुमाउने भएका छन्।

भारतीय क्रिकेट बोर्डका अनुसार बाँया खुट्टामा लागेको चोटको कारण धवनले वेष्ट इण्डिजविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन्।

यसअघि वेस्ट ईण्डिजविरुद्धको सिरिजमा निको भएर खेल्न सक्ने भन्दै टिममा परेपनि अहिले डाक्टरहरुले खेल्न नसक्ने बताएका छन्।

हैदरावादस्थित राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा भारतले धवनको स्थानमा सट्टा विकेटकिपर सन्जु सामसनलाई टिममा बोलाएको छ।

 यसअघि घोषणा भएको टिममा सञ्जु परेका थिएनन्।

भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टिमसँग डिसेम्बर ६ मा पहिलो टी-ट्वान्टी खेल्नेछ।

प्रकाशित मिति: : 2019-11-28 11:47:50

प्रतिकृया दिनुहोस्