माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा नेपालकाे सहज जित

फाइल तस्बिर: बिएल

माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेटमा नेपाल ए ले सहज जित निकालेको छ।

बिहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो।

नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा १ सय १ रन मात्र बनाउन सक्यो।

माल्दिभ्सका युफुफ फरातले ४२ रन बनाए। यस्तै मोहम्मद इभान ९ र हसन अब्रिम १८ रन जोडे।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका आकाश चन्द र नन्दन यादवले २/२ विकेट लिए।

यसअघि मुलपानी क्रिकेट मैदानमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए। यस्तै अमित श्रेष्ठ २९ र रित गौतम २५ रन बनाए।

माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल आएको माल्दिभ्सले नेपाल ए सँग मैत्रीपूर्ण खेल खेलेको हो।

प्रकाशित मिति: : 2019-11-28 13:00:19

प्रतिकृया दिनुहोस्