महिला भलिबलको फाइनल प्रवेशका लागि नेपालले श्रीलंकासँग खेल्ने

तस्बिरः बिएल नेपाली सेवा

राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद सागमा भलिबल अन्तर्गत नेपाली महिला भलिबल टिम सेमिफाइनल प्रवेश गरिसकेको छ।

समूह ‘ए’ को उपविजेताको रूपमा नेपाल सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘ए’ को विजेताको रूपमा भारत सेमिफाइनल पुगेको छ।

नेपालले महिला भलिबलको सेमिफाइनलमा फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेपछि अर्को समूहबाट विजेता हुँदै  सेमिफाइनलमा प्रवेश गर्‍यो।

 अर्को सेमिफाइनलमा भारतले माल्दिभ्ससँग खेल्नेछ। दुवै सेमीफाइनल खेल शनिबार हुनेछ। यदि श्रीलंकालाई पराजित गरे नेपालले स्वर्ण पदकको लागि खेल्नेछ।यसअघि पहिलो खेलमा महिला भलिबल टिमले बंगलादेशलाई सोझो सेटमा २५–८,२५–११ र २५–९ को सेटमा पराजित गरेको थियो।

नेपाल भारतसँगभने  ३-० को सेटमा ( २६-२४, २५-१२ , २५-१६ ) विहिबार पराजित भएको थियो।

यस्तै साग भलिबल अन्तर्गत पुरूष तर्फको स्पर्धामा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

प्रकाशित मिति: : 2019-11-29 19:25:10

प्रतिकृया दिनुहोस्