टोलीले खराव प्रदर्शन गरेपछि आर्सनलका मुख्य प्रशिक्षक इम्री बर्खास्त

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक युनाई इम्री बर्खास्तीमा परेका छन्। टोलीले खराव प्रदर्शन गरेपछि उनी बर्खास्तीमा परेका हुन्।

घरेलु मैदानमा खराव प्रदर्शन गरेपछि दर्शकले समेत इम्री आउट भन्दै उनीविरुद्ध हुटिङ गरेका थिए। त्यसैमाथि बिहिबार राति युरोपा लिगमा आर्सनल आफ्नै मैदानमा जर्मन क्लब इन्ट्रयाच फ्रान्कफर्टसँग २–१ गोलले पराजित भएको थियो।

प्रिमियर लिगमा समेत खराव प्रदर्शन गरिरहेको छ। सन् २०१८ मा आर्सने विंगरले क्लब छाडेपछि आर्सनले ४८ बर्षीय इम्रीलाई प्रशिक्षक बनाएको थियो।

‘हामी इम्रीलाई धन्यवाद दिन चाहन्छौं । उनले क्लबका लागि धेरै सहयोग गरेका छन्। उनको भविश्यको कामना गदैछौं,’ आर्सनलले सुक्रबार प्रेश विज्ञप्ती निकाल्दै भनेको छ। आर्सनलले अहिले सहायक प्रशिक्षक फेड्रीकोलाई मौका दिएको छ।

प्रिमियर लिगमा १३ खेल सकेको आर्सनल अहिले आठौं स्थानमा छ।

 

प्रकाशित मिति: : 2019-11-29 21:50:27

प्रतिकृया दिनुहोस्