ला लिगा: बार्सिलोनालाई पछार्दै मड्रिड शिर्ष स्थानमा

तस्बिरः एजेन्सी

रियल मड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। मड्रिड डिपोर्टिभो आल्भेजलाई हराउँदै शिर्ष स्थानमा उक्लिएको हो।

शनिबार भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

मड्रिडको जितमा सर्जियो रामोस र कार्भाजलले एक एक गोल गरे। यता डिपोर्टिभोको लागि लुकास पेरेजले गोल गरे।

पहिलो हाफ गोल रहित बराबरी खेलको मड्रिड दोस्रो हाफको ५२औं मिनेटमा अग्रता लियो। मड्रिडका लागि रामोसले अग्रता दिलाएका हुन्। तर, खेलको ६५ औं मिनेटमा डिपोर्टिभोले पेनाल्टी पायो, जसलाई पेरेजले बदले र खेल बराबरीमा ल्याए।

यता मड्रिडले ६९औं मिनेटमा कार्भाजलको गोल मार्फत स्पष्ट जित हात पर्दै तीन अंक जोड्यो।

जितसँगै रियल मड्रिडको १४ खेलमा ३१ अंक भएको छ। मड्रिडभन्दा एक खेल कम खेलेको बार्सिलोना १३ खेलमा २८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

पराजित डिपोर्टिभोको भने १५ खेलमा १८ अंक रहेको छ।

प्रकाशित मिति: : 2019-11-30 20:09:55

प्रतिकृया दिनुहोस्