फाइट र पुम्सेमा स्वर्ण जित्ने आयशा दक्षिण एसियाको पहिलो महिला खेलाडी (भिडियो)

तस्बिरः बिएल नेपाली सेवा

नेपालकी स्टार तेक्वान्दो खेलाडी आयशा शाक्य फाइट र पुम्सेमा स्वर्ण जित्ने दक्षिण एसियाकै पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन्।

उनले २९ वर्षमाथि महिला पुम्सेतर्फ स्वर्ण जितिन्। आयशाले भारतकी लाई पछि पार्ने क्रममा ९ दशमलव ९ सय ४० अंक प्राप्त गर्दै स्वर्ण जितिन् । भारतकी प्रजक्ता प्रकाशले ७ दशमलव ६ सय ४० अंक मात्र प्राप्त गरिन्। उनले रजत जितिन्। श्रीलंकाकी बाहेराले ७ दशमलव ५ सय ५० अंक प्राप्त गर्दै कास्यमा चित्त बुझाइन्।

दक्षिण एसियाली खेलकुदमा पुम्से समावेश गरिएको पहिलो पल्ट हो। यसअघि फाइटतर्फको स्पर्धा मात्र हुन्थ्यो। आयशा सन् २००६ देखि अनवरत राष्ट्रिय टोलीकी खेलाडी हुन्। उनले सन् २०१० बंगलादेशको ढाकामा आयोजना भएको ११ औं सागमा स्वर्ण जितेकी थिइन। त्यसपछि उनको यो दोस्रो स्वर्ण हो।

सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा उनले रजत जितेकी थिइन। यस्तै चार वर्षअघि भारतको आसाममा भएको १२ औं सागमा पनि उनले रजतमा चित्त बुझाउनु पर्यो।

दुई बच्चाकी आमा पनि रहेकी आयशाले यसपालि पुम्सेमा आफूलाई तयार पारेकी थिइन।

‘म निकै खुसी छु। उसको सफलतामा। उनले धेरै मिहिनेत गरेकी थिइन,’ नेपालको पुम्से टोलीलाई तयार पारेका दक्षिण कोरियाका प्रशिक्षक क्वानले बिएल नेपाली सेवासँग भने।

 

प्रकाशित मिति: : 2019-12-02 15:39:47

प्रतिकृया दिनुहोस्