चीनले स्पेन भन्दा ठूलो क्षेत्रफलमा खडेरी र बाढी प्रतिरोधी कृषि भूमि बनाउने

AGENCY

बेइजिङ-देशको खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि चीनले ५ करोड ३३ लाख हेक्टर जमिनमा जोडिएको कृषि भूमि बनाउने कृषि मन्त्रालयले जनाएको छ। यो वर्ष मात्रै ५० लाख भन्दा बढी कृषि भूमि विकास गरिनेछ।

१.४ अर्ब मानिसको भोजनका लागि यो मुलुकले २०११ देखि खडेरी र बाढी प्रतिरोधी कृषि भूमीको निर्माण गरिरहेको छ। २०१८ को अन्त्यसम्ममा चीनले ४ करोड २६ लाख हेक्टर यस किसिमको भूमि तयार पारिसकेको छ।

यो मुलुकले २०२० सम्ममा ५ करोड ३३ लाख हेक्टरको उच्च गुणस्तरको कृषि भूमि निर्माण गर्ने र २०२२ सम्ममा यसलाई बढाएर ६ करोड पु-याउने जनाएको छ । यो स्पेनको पुरै क्षेत्रफल भन्दा पनि ठूलो हो।

“उच्च कृषि संयन्त्रको तह र सुधारिएको विविध किसिमका बालीका साथ उच्च उत्पादनको क्षेत्रको निर्माणले चीनलाई विश्वव्यापी अन्न बजारमा फाइदाको अवस्थामा पु¥याउने छ,” चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसका विद्वान झाङ सियासानले बताए।

चीनको ४० प्रतिशत भन्दा बढी कृषि योग्य जमिनको उर्वरा शक्तिमा कमी आईरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ। हाल चीनको कृषि योग्य भूमिको दुई तिहाई भाग मध्यम र कम प्रतिफलको क्षेत्र रहदै आएका छन्। कृषि योग्य भूमिको आधा भागमा सिँचाईको सुविधा छैन।

२०१३ देख यो मुलुकले १ वर्षमा ५५ अर्ब टनको कृत्रिम वर्षा सिर्जना गर्दै आएको छ। तिब्बती पठारमा थप वर्षा गराउनका लागि यो मुलुकले इतिहासकै ठूलो कृत्रिम वर्षाको प्रयास गरेको छ। यो आयोजनामा क्षेत्रमा वर्षमा १० अर्ब घन मिटर वर्षा गराउनका लागि दसौ हजार इन्धन बाल्ने चेम्बर जडान गरिएको विषय पनि समावेश छ।

यो योजना तियान्हे तथा ‘आकासे नदी’ (स्काई रिभर) भनिने परियोजनाको विस्तारित रुप हो। अनुसन्धानकर्ताहरुले चीनको सिङहुवा विश्वविद्यालयमा यसको विकास गरेका थिए। आयोजनाले १.६ वर्ग किलोमिटरको क्षेत्रमा थप वर्षाका लागि दबाब दिने छ। जुन स्पेनको पुरै क्षेत्रफलको ३ गुणा बढी हो।

प्रकाशित मिति: : 2019-02-20 01:08:25

प्रतिकृया दिनुहोस्