पाकिस्तानको अविरल वर्षा र हिमपातबाट २८ को मृत्यु

News on

पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ।

पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका कारण चार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्।यस प्रकोपपछि उद्धार कार्यका लागि चारवटा हेलिकोप्टरको प्रयोग गरिएको मुख्यमन्त्रीले जामभले बताए। खैबर पाख्तुनख्वा प्रान्तमा पहिरोमा परी र हिमपातको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु भएको विज्ञप्तिमार्फत जानकारी दिइएको।

पाकिस्तान अधिनस्थ काश्मिरमा वर्षासँगै सम्बन्धित घटनामा परेर एक बालकको मृत्यु भएको छ । हिमपात र भारी वर्षाको कारण देशका कैयौँ पहाडी इलाकामा सडकहरू तथा विद्युतीय लाइनहरू पनि अवरुद्ध भएका छन् ।

प्रकाशित मिति: : 2019-02-23 01:49:39

प्रतिकृया दिनुहोस्