धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन भारत सकारात्मक देखिएन

बिएल

थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ। नेपालले हाल भारतको कोलकत्ता र विशाखपटनम बन्दरगाह प्रयोग गर्दै आएको छ।

गत माघमा भएको दुई देशको वार्तामा भारत धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक देखिएको थियो। तर,नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

यस्तै नेपालका लागि भारतीय भूमि हुँदै आवतजावत गर्ने तेस्रो देशको कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेन्जको मस्यौदामा पनि सहमति जुट्न सकेन।

मंगलबार र बुधबारको बैठकले हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदान प्रदान भएको लेटर अफ एक्सचेन्जहरुलाई एकीकृत गरी पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीका व्यवस्थाहरुमा समावेश गरी नयाँ मस्यौदा तयार गरेको नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका वाणिज्य सहसचिव नवराज ढकालले जानकारी दिए।

बैैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वमा १० र भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका अतिरिक्त सचिव भुपिन्द्र यस भल्ला नेतृत्वमा ८ सदस्यीय टोली सहभागी थियो।

प्रकाशित मिति: : 2019-11-27 20:46:22

प्रतिकृया दिनुहोस्