सर्लाहीमा प्रहरीको गोलीले एकको निधन

बिएल

प्रहरीले चलाएको गोली लागेर आइतबार सर्लाहीमा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो।

प्रहरीले चलाएको गोली लागि ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन ९सरोज० महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही क्षेत्र नं– १ का सांसद प्रमोद साहले जानकारी दिए। प्रहरीको गोली लागि चार जना घाइते भएका छन्।

सर्लाही र महोत्तरीको सीमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिटी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले राजमार्गमा शव राखेर १० मिनेट अवरोध गरेपछि प्रहरीले राजमार्ग खुलाउन खोज्दा दोहोरो झड्प भएको थियो । प्रहरीले चलाएको गोली देवनको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गङ्गा महतोले जानकारी दिए। घाइतेहरूको परिचय खुलेको छैन् ।

बाटो खुलाउन तथा स्थितिलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवैतर्फबाट १४ सेल अश्रुग्यास र करीब दुई दर्जन हवाई फायर गरेको जनाइएको छ । प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा चलाउन थालेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताए।

प्रहरीको गोली लागेर मृत्यु भएको देवन महतो शव र शनिबार बाँके खोलाको खाल्डोमा डुबी मृत्यु भएको अमित रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रकाशित मिति: : 2019-06-30 21:34:20

प्रतिकृया दिनुहोस्