गैरकानुनी रुपमा हुण्डीको कारोवार गरेको आरोपमा दुई जना पक्राउ

प्रतिकारत्मक तस्बिर

प्रहरीले काठमाडौं उपत्यका भित्र गैरकानुनी रुपमा हुण्डीको कारोवार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालीका १८ नरदेवी बस्ने गोर्वधनप्रसाद सरावगी र अर्घाखाँची शितगंगाका नगरपालीका ४ जोगेनिकोटका कृष्णप्रसाद भट्टराई रहेका छन्।

उनीहरुलाई राजस्व छली गरिरहेको सूचनाको आधारमा अपराध महाशाखा टेकुबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।

अन्जली ओभरसिजका संचालक समेत रहेका सरावगीलाई रु ३० लाख नगद र भट्टराईलाई रु ८ लाख १२ हजार नगद लगायत विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित पक्राउ गरेको महाशाखाका बरिष्ठ उपरिक्षक सकुलबहादुर थापाले बताए।

प्रकाशित मिति: : 2019-11-28 17:47:28

प्रतिकृया दिनुहोस्