चतरा आश्रमका सिद्धबाबा प्रहरीकाे निगरानीमा,बलात्कार गरेको उजुरी दर्ता

फाइल तस्बिर: बिएल

सुनसरी चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले निगरानीमा राखेको छ। आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोग लागेपछि उनलाई निगरानीमा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार गरेको जाहेरी दर्ता गरेकी छिन्।

यसअघि प्रहरीले जाहेरी लिन मानेको थिएन। तर, पीडित महिला काठमाडौं प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म पुगेकी थिइन्। सीआईबीले उनको स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइदिएको थियो।

त्यसपछि शुक्रबार जाहेरी दर्ता भएको छ।

प्रकाशित मिति: : 2019-11-29 17:27:14

प्रतिकृया दिनुहोस्