छाउगोठमा महिलाको मृत्यु

तस्बिरः एजेन्सी

सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो। घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

अछाममा अहिलेसम्म छाउ गोठमै १४ महिलाको मृत्यु भइसकेको छ। (रासस)

प्रकाशित मिति: : 2019-12-02 11:30:35

प्रतिकृया दिनुहोस्