विद्यालय भवन हस्तान्तरण

तस्बिरः एजेन्सी

मनाङको नासो गाउँपालिका–५ स्थित प्रकाश ज्योति मावि थोचेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।

नासो गाउँपालिका र रोटरी क्लब अफ गोर्खाको सहयोगमा निर्माण गरिएको दुई कोठे नवनिर्मित भवन मंगलबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

नासो गाउँपालिकाको रु २० लाख र रोटरी क्लब अफ गोर्खाको रु २० लाख गरी कूल रु ४० लाखको लागतमा सो भवन निर्माण गरिएको थियो। सो विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन्।

सो अवसरमा गाउँपालिकाको अध्यक्ष चन्द्र घलेले विद्यालयको शैक्षिक सुधारमा जोड दिनुपर्ने आवश्यकता औल्याएl(रासस)

प्रकाशित मिति: : 2019-12-03 13:09:45

प्रतिकृया दिनुहोस्