१५७ दिनमा ८ हजार मिटर माथिका १३ हिमाल आरोहण गरेका निर्मल पुर्जाको सरकारलाई आग्रह

तस्बिरः निर्मल पुर्जाको फेसबुकबाट

- शिशापाङ्गमा हिमाल आरोहणका लागि सरकाले चीनसँग कुटनीतिक पहल गरिदियोस्

निर्मल पुर्जाले १५७ दिनमा ८ हजार मिटर माथिका १३ वटा हिमाल आरोहण गरिसका छन्। विश्वका अग्ला १४ हिमाल आरोहणको कीर्तिमान बनाउन लागिपरेका आरोही निर्मल पूर्जाले १५७ दिनमा १३ वटा हिमाल आरोहण गरिसकेका छन्।

चार हप्तामा आठ हजार मिटर अग्ला ६ हिमाल चढेर कीर्तिमान बनाएका उनले १४ वटा अग्ला हिमाल चढ्ने लक्ष्य लिएका थिए।

पूर्व बेलायति सैनिकसमेत रहेका पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरेका थिए।

मकालुपछि पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गरेका छन्।

गत साता मात्रै उनले मनास्लु र चोयू सफलतापूर्वक आरोहण गरेका छन्।

तर ८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा हिमाल आरोहणका लागि चीनले रोक लगाएको छ।

‘प्रोजेक्ट पोसिबल’ का लागि १४ अग्ला हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाउन लागेका पुर्जा शिशापाङ्गमामा अड्किएका हुन्।

उनले शुक्रबार राति आफ्नो फेसबुकमार्फत आफूलाई चीनको शिशापाङ्गमा आरोहणका लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल गरिदिन अनुरोध गरेका छन्।

‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, पर्यटन मन्त्री, चिनिया अधिकारीसँग भेट गरेर उक्त हिमाल आरोहणको वातावरण मिलाउन आग्रह गरेका थिए। तर अहिलेसम्म कुनै पक्षबाट हिमाल आरोहणको अनुमति नपाएको गुनासो गरेका छन्।

उसले यसका लागि उक्त हिमाल आरोहणको व्यवस्था मिलाइदिन सरकाले कुटनीतिक पहल गरिदिन आग्रह गरेका छ्न्।

पर्यटन व्यवसायी राजेन्द्र लामाका अनुसार पुर्जाले यो हिमाल आरोहण गरे भने सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो म्यासेज जानेछ ।

‘उनलाई यो हिमाल आरोहण गर्ने अवसर दिने हो भने सरकारलाई पनि एउटा राम्रो मौका हुनेछ’, लामाले भने।

हिमाल आरोहणको इतिहासमा तेन्जिङ नोर्गे पछि नेपालले अन्तर्राष्ट्रिय बजारमा यसबाट ठूलो चर्चा कमाउनेछ।

प्रकाशित मिति: : 2019-09-28 11:48:57

प्रतिकृया दिनुहोस्