मुख्य पर्यटकीय सिजनको मुखमा पर्यटकको विचल्ली, एभरेष्ट हिँडेका पर्यटक निराश

मन्थली एयरपोर्टमा लुक्ला उडान नभएपछि विचल्लीमा परेका विदेशी पर्यटकहरू। तस्बिरः सुरेन्द्र राना

वर्षा सिजन सकिएसँगै नेपालमा मुख्य पर्यटकीय मौसम सुरू हुन्छ। एभरेष्ट, अन्नपूर्ण, मनास्लु, जोमसोम, लाङटाङ, डोल्पा, हुम्लालगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य रोजाईमा पर्छन्। यसमध्ये पनि एभरेष्ट ट्रेक पहिलो रोजाई हो।

वर्षभरि आउने पर्यटकमध्ये सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा मात्र करिब ४० प्रतिशत भित्रिने गर्छन्। यही समयमै नेपालका मुख्य ट्रेकिङ पदमार्गहरू पर्यटकले खचाखच हुन्छ। पर्यटन व्यवसायी राजेन्द्र लामाका अनुसार यो बेला मौसम सफा भई निलो आकास र सेताम्मे अग्ला हिमालहरू एकाएक सामुन्ने देखिनाले पनि ट्रेकिङका लागि सबैभन्दा उत्तम सिजन हो।

आफ्ना आँखा अगाडि यस्ता मनमोहक दृश्य देख्न पाउँदा पर्यटक रमाउँछन्।  खुसीले गदगद हुन्छन्। यही मजा लुट्न विश्वभरीबाट पर्यटकहरू नेपाल आउन  लालायीत हुन्छन्।

पर्यटकले एक वर्ष अघिबाटै नेपाल घुम्ने योजना बनाएका हुन्छन्। पर्यटन ब्यवसायी पनि पाहुनाका लागि कार्यक्रम तयार पार्ने, गाईड/भरियाको ब्यवस्था, हवाई टिकटको जोहो गर्न लामो समयदेखि खटेका हुन्छन्।

तर, अफसोच सिजन सुरू हुनासाथ नेपालका आन्तरिक एयरलाइन्सहरूको 'मनपरीतन्त्र' ले पर्यटन ब्यवसायी र पर्यटकले सास्ती व्यहोर्नु परिरहेको छ।

लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका व्यवसायी लामाका अनुसार विगत १५ वर्षदेखि सम्पूर्ण पर्यटन ब्यवसायीले मुख्य सिजनमै सास्ती व्यहोर्नुपरिरहेको छ।

यो पनि हेर्नहोस्- गोसाईकुण्डका मन्सुनी रङ
- गगनराज न्यौपाने
 
 यो पदयात्रा छोटो र रोमाञ्चक छ। थरी थरीका जंगली फूलहरू, ताल, हिमाली दृश्य (सगरमाथा, लाङटाङ, गणेश हिमाल) सहित, हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, शेर्पा र ह्योल्मो जातिको संस्कृति र जिवनशैलीको अनुभव लिन सकिन्छ।

'यो वर्ष भर्खरै सिजन सुरू हुँदैछ, तर, विमान कम्पनीको मनपरितन्त्र फेरि पनि दोहोरिएको छ', उनले भने।

फ्रेन्च नागरिक लुडोविक सेप्टेम्बर ३० तारिक बिहान ८:२० बजे सिता एयरको फ्लाइटबाट लुक्ला उड्ने तालिका थियो। उनी बिहानै ६:३० बजे विमानस्थल पुगे। विमान डिले भयो। ८ घण्टासम्म जहाज कुरेर बसे। तर, दिउँसो २ बजेमात्र विमान कम्पनीले लुक्लाको विमान रद्द भएको जानकारी गराए।

उनी प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता सयौं पर्यटकहरू हरेक सिजन काठमाडौं, लुक्ला, नेपालगञ्ज, जोमसोम, हुम्ला विमानस्थलमा अलपत्र पर्छन्। 

हातमा टिकट छ, विमान पनि उडिरहेका हुन्छन्, तर, को-को उडे पर्यटकले पत्तो पाउँदैनन्। बिहानको २-३ फ्लाईट पछि मौसमको कारण देखाउँदै पछिल्ला उडानहरू रद्द हुन्छ अनि पर्यटकहरू निराश भएर होटल फर्कन बाध्य हुन्छन्।

सम्बन्धित ठाउँमा सोधपुछ गर्दा ट्राभल एजेन्सी र विमान कम्पनी एक अर्कामाथि आरोप प्रत्यारोप गर्दै  पन्छिने गर्छन्। सरकारले यसमा कुनै चासो राख्दैन।

हिजो आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बाक्लिएसँगै लुक्ला उडान मुस्किल भएको छ। आन्तरिक उडान भर्ने निजी विमान कम्पनीले विशेष अवस्था र आर्थिक हिसाबले फाइदा हुने भएपछि रामेछाप सदरमुकाम मन्थलीबाट लुक्लाका लागि जहाज उडाउन थालेका छन्।

प्राय सुनसान हुने मन्थली विमानस्थलमा अक्टोबर १ देखि लुक्लाका सबै उडान यहीबाट हुने भएपछि विमानस्थलमा केही दिनयता  विमान र पर्यटकको चाप ह्वात्तै बढेको छ।

यो पनि हेर्नुहोस्- यो हो दशैंमा भेडा ल्याउनेको राम कहानी! (भिडियोसहित)
-दुर्गा आचार्य

हामी त्यहाँ पुग्नासाथ उनले भने, 'भेडा किन्न आउनुभएको हो ?' मैले भने, 'हैन, तपाईंसँग केही कुरा गरूँकी भनेर आएको।' ५५ बर्षका हँसिला तिलक 'हुन्छ, किन नहुनु ?' भन्दै खुशी देखिए। तिलक घरबाट हिडेको एक सातामा भेडा लिएर नेपाल पसेका रहेछन्। 'सातौ दिन मैले मनभरी भात खान पाएँ',  उनले भने, 'आनन्दले सुत्न भने अझै तीन दिन पाउँदिन होला।?'Details 


यात्रुको चाप बढेसँगै मन्थलीमा सयौ पर्यटक अलपत्र परेका छन्।

यो सुनेसँगै हामी २ तारिक बिहानै रामेछाप एयरपोर्ट पुग्यौं। त्यहाँ पुग्दा विभिन्न देशबाट आएका सयौं पर्यटक बिहानैदेखि एयरलाईन्सको काउण्टरमा लामबद्द थिए।

हप्ता दिनदेखि काठमाडौंको विमानस्थलमा पालो कुरेर बसेका मलेसियन ग्रुप मन्थलीबाट उडाउने भएपछि सडकमार्ग हुँदै यहाँ आएका थिए।  तर, मन्थलीमा पनि पालो नपाएर हैरानी व्यहोरिरहेका थिए।

एयरलाइन्स कम्पनीले दिएको समयमा उडान नगरिँदिदा  पर्यटकहरू हरेस खाँदै अब एभरेष्ट होइन, अन्नपूर्ण वेसक्याम्प जाने भन्दै तयारी गर्दै थिए। अरूको कयौं पर्यटकको अवस्था उस्तै थियो।

यस्तै यो मौसममा अधिकांश हिमाली क्षेत्रका उडानमा नेपाली नागरिकलाई टिकट पाउनै निकै पापड पेल्नुपर्छ।

स्रोतका अनुसार विदेशी पर्यटकबाट डलरमा भाडा असुल्न पाउने भएकाले एयरलाइन्स र ट्राभल एजेन्सीले स्वदेशी नागरिकको तुलनामा विदेशीलाई प्राथमिकता दिन्छन्।

यो क्रम प्रत्येक वर्ष दोहोरिँदै आएको व्यवसायीहरू बताउँछन्। यो हदैसम्मको लापारवाहीको विषयमा समयमै छानबिन गरी समस्याको समाधान खोज्न सके पर्यटकको सुविधा बढ्ने मात्रै नभई विश्व बजारमा नेपालको सकारात्मक सन्देश जानेछ।

अक्टोबर १ देखि लुक्ला उडान रामेछापबाट सुरू भयो। यद्यपी विदेशी पर्यटकलाई सहज हुने होटल तथा पूर्वाधारहरू मन्थलीमा अझै बनिसकेको छैन। सडकमार्ग पनि भत्किएको र कच्ची छ।

पर्यटकलाई चाहिने आधारभूत सुविधासमेत यहाँ पाउन मुस्किल भएपछि पर्यटकले दुःख पाइरहेका छन्।

पर्यटकलाई बिहान निद्रामै २ बजे एयरलाईनइन्स र एजेन्सीले काठमाडौंबाट सडकमार्ग हुँदै रामेछाप ओसारेर लुक्ला उडाउने कुरा छ।

यो पनि हेर्नुहोस्- नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन्
-राजेन्द्र कुँवर

जहाँ बलभद्र कुँवर पुग्थे। उनको चर्चा त्यतिनै हुने गर्थ्यो। उनले अंग्रेज फौजलाई तह लगाएको खबर बिभिन्न राज्यहरुमा भुषको आगो सल्के झैँ फैलिरहेको थियो। खबर पञ्जाव केसरी महाराजले थाहा नपाउने कुरै थिएन। एकदिन महाराज रणजित सिंहले आफ्नो फौजमा भर्ना भै काम गर्न अनुरोध गरॆपछि उनी पञ्जाव सेनामा भर्ना भए। Details 


निद्रा हराम हुँदै करिब चार घन्टा लामो यात्रा गरेर तुरून्तै लुक्ला उड्न पर्दा पर्यटकको हालत के होला? त्यस्तै एक फ्रान्सेली नागरिकले लामो समयदेखि काठमाडौंबाट उडानको पालो नपाएपछि आइतबार उनी मन्थली हिँडे। तर सोमबार बिहानदेखि दिउँसो २ बजेसम्म पनि उनी लुक्ला उड्न पाएनन्।

‘यो मेरो जिन्दगीको सबैभन्दा झुर र तितो अनुभव हुनेछ,' एक फ्रेन्च पर्यटकले बिएल नेपालीसेवासँग भने।

उनले नेपाली एयरलाइन्स कम्पनीहरूको बेखबरले आफू जस्ता सयौं पर्यटक मर्कामा परेको बताए। ‘मौसमका कारण उडान नहुनु स्वभाविक हो। तर, विमान कम्पनीले उडान हुने भएपछि अगाडिका यात्रुलाई प्राथमिकतामा राखेर पछि आउने यात्रुको उडान तालिका सही दिने हो भने यसरी विमानस्थलमा आएर अलपत्र हुनुपर्ने थिएन।’

यस्तै दिनदेखि विमान रद्दको चपेटामा परेको ट्रेकिङ गाईड धन तामाङले लुक्ला पुगेपछि आफूले ठूलै युद्व जितेजस्तो भएको बताए। ‘लुक्ला भनेपछि आफूलाई ठूलो युद्व जितेर आएको अनुभव भइरहेको छ’, उनले आफ्नो फेसबुकमा वालमा पोस्ट गरे।

यहाँ व्यवसायी पनि आफ्नो ग्रुप चाँजो पाँचो मिलाएर भित्र भित्रै उडाएर चुप लागेर बस्छन्।

यसरी हेर्दा सबै आफ्नो दुनो सोझ्याउने दाउमा हुनेछन्। यो समस्या सरकार, एयरलाईन्स र व्यवासायी सबैको साझा हो।

नेपालको पर्यटन उद्योग जोगाउन सबैजना मिलेर गहन छलफल गरि समस्याको समाधान निकाल्न अति आवश्यक छ। नभए नेपालको सम्पूर्ण पर्यटन व्यवसायनै धरासायी हुँदै जाने विष्लेशक र अनुसान्धानले औल्याइसकेका छन्।

सरकारले पनि बिना कुनै अध्ययन, योजना अनुसार सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगले नीति बनाउँदै जाने हो योजनाहरूसमेत विफल हुने टानका पूर्वमहासचिवसमेत रहेका हिमालयन यतिका सञ्चालकएवं पर्यटन व्यवासायी कर्ण लामाले बताए।

यो पनि हेर्नुहोस्- बयान, प्रतिबयान र महरामाथिको अभियोग
हरि अधिकारी

पहिलो पटक 'हाम्राकुरा' भन्ने अनलाइनमार्फत सर्वजनिक भएकी कथित पीडितले यसपटक 'नागरिकन्युज' भन्ने अर्को सञ्चार माध्यमलाई प्रयोग गर्दै आफ्नो अघिल्लो दिनको दावीबाट १ सय ८० डिग्रीको युटर्न लिएकी हुन् । यसरी कथित पीडितले नै आफूले पहिले गरेको दावीलाई छोडेर ती भीआईपीलाई बलात्कारको आरोपबाट उन्मुक्ति दिन चाहेपछि बलात्कारको यो गम्भीर मुद्दा विधिवत् छानबिन बिना नै सामसुम हुने सम्भावना बलियो भएको छ ।Details 


आगामी वर्ष सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ मनाउन घोषणा गरिसकेको छ।

यस्तै बेथिति र लापरवाही रही रहे नेपालमा पर्यटक बढ्नुको साटो उल्टै घट्ने प्रष्टै देखिन्छ।

मन्थली विमानस्थलबाट लुक्ला क्षेत्रमा पर्यटक पुर्‍याउन चार वटा एयरलाइन्सले उडान भरिरहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका अनुसार, तारा, सीता, र समिट एयरलाइन्सले दैनिक २५ देखि ३५ उडान भर्दै आएका छन्। मन्थलीबाट २०–२२ मिनेटमा सोलुखुम्बु पुगिने भएकाले बिहानैदेखि उडान भरिरहेका हुन्छन्। सोलुखुम्बु विमानस्थलको मौसम छिनछिनमा फेरबदल हुने भएकाले पनि बिहानैदेखि उडान भइरहेको उनले बताए ।  यद्यपी अग्रिम टिकट काटेका पर्यटकहरू विचल्लीमा परिरेहका छन्।

मन्थली विमानस्थलमा जहाज र पर्यटकको मात्रै नभएर गाडीको चाप पनि बढेको छ । पर्यटकलाई काठमाडौंबाट मन्थली ल्याउने र सोलुबाट फर्केका पर्यटकलाई फेरि काठमाडौं लैजाने गाडीको संख्या पनि बढेको छ । बिहानदेखि साँझसम्मै विमानस्थल भरिभराउ हुने गरेको छ।

हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यकटले बिपी राजमार्गको यात्रा पनि गरिरहेका छन् । काठमाडौंबाट राजमार्ग भएर मन्थली पुग्छन् । एक सय २६ किलोमिटरको दूरी चार घन्टामा पूरा हुने गरेको छ। बिहान ३ बजे काठमाडौंबाट हुइकिने पर्यटक ७ बजेसम्म मन्थली पुग्छन्। त्यहाँबाट २२ मिनेटमै सोलुखुम्बु पुग्ने गरेका छन्। जुन ट्रेकिङ पर्यटकका लागि सबैभन्दा गाह्रो अवस्था हो।

एयरलाइन्सले पटक पटक दुःख दिएको ब्यवसायी र स्वयम् यात्रुले प्रत्यक्ष अनुभव गरेका छन्। तर, यो कसले सुनिदिने?,समाधान कसले गर्ने, कसरी र कहिले हुने? यस्तो चरम लापरवाहीको जवाफ कसले दिने हो?

आखिर असर पुग्ने त समग्र पर्यटन उद्योग नै हो।  समयमै सम्बन्धित निकायको ध्यान जान जरूरि छ।

हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2019-10-03 08:09:13

प्रतिकृया दिनुहोस्