गण्डकी घुम्न निम्तो बाढ्दै काठमाडौंमा

तस्बिरः बिएल

गण्डकी प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन वर्षलगायत पर्यटन प्रवर्द्धनका लागि भन्दै देशव्यापी अभियान चलाएको छ।

संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी प्रदेश सरकारले मुलुकका सबै प्रदेश सरकारलाईसमेत गण्डकी प्रदेश घुम्ने निम्तो दिएको छ।

यही क्रममा काठमाडौंको संघीय सरकारका नागरिक उड्यान तथा पर्यटन मन्त्री योगेश भट्टराईले गण्डकी घुम्न आउने निम्तोसमेत दिएको छ।

प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी प्रदेशले भ्रमण वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा बुधबार काठमाडौंको भृकुटीमण्डमा रहेको नेपाल पर्यटन बोर्डमा विशेष कार्यक्रमको आयोजना गर्‍यो।

यसपटकको विश्व पर्यटन दिवसको नारा पर्यटन र रोजगारी, भविष्यमा सबैलाई लाभकारी सहित पोखराबाट सुरू भएको अभियान विभिन्न ठाउँमा निम्तो बाढ्दै काठमाडौं आइपुगेको हो।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, पत्रकार, कलाकार गरी ५० भन्दा बढीको सहभागी थियो।

काठमाडौं अघि टोली लुम्बिनी, चितवन, जनकपुर, विराटनगर र पुगेर त्यहाँको सरकारलाई चुल्हे निम्तो दिएको हो। यस्तै बाटोमा पर्ने पाल्पाको तानसेन, नवलपुरका अमलटारी, भरतपुर, हेटौंडा, धरान र विर्तामोडमा पनि साक्षात्कार गर्दै गण्डकी प्रदेश घुम्ने निम्तो दिएको हो।

गण्डकी प्रदेश सरकारले ३ महिनाभित्र १५ लाख पर्यटक भित्र्याउने दाबी गरेको छ। अभियानका क्रममा विभिन्न स्थानमा गण्डकी प्रदेश झल्कने सांस्कृतिक कार्यक्रम, फोटो प्रदर्शनी गरिएको थियो।

यसले पोखराको पर्यटन प्रवर्द्धनमा सकरात्मक प्रभाव पार्ने विश्वास गण्डकी प्रदेशले लिएको छ। प्रदेश सरकारको अभियानमा पर्यटन सम्बद्ध संघसंस्थाले पनि हातेमालो गरेका थिए। प्रवर्द्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्नेछ।

आन्तरिक भ्रमण वर्ष २०१९ मा नेपाल भित्रबाटै आउने आन्तरिक पर्यटकलाई आकर्षणका लागि देशव्यापी रूपमा निम्तो बाढ्दै हिँडेको हो।

यो दसै तिहार र बिदाको सिजनसमेत भएकाले यस्तो बेला मान्छेहरू घुम्न निस्कन्छन्।

यसै सन्दर्भमा हामीले मुलुकका सबै प्रदेश सरकारलाई निम्तो दियौं। यहाँका मन्त्रीले सबै प्रदेशमा गएर त्यहाँका मन्त्रीलाई निम्तो दिए। सरकारले सरकारलाई चुल्हो निम्तो दिनु सबैभन्दा ठूलो मौका हौ।

यस्तै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले आन्तरिक पर्यटनलाई चलायमान बनाइराख्न यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताए।

‘अब पर्यटनलाई चलायमान बनायौं भने आर्थिक गतिविध पनि चलायमान हुन्छ। सबैले सोचेको समृद्धि प्राप्तिका लागि यो कोशेढुंगा साबित हुन्छ,’ भण्डारीले भने।

उनले आन्तरिक पर्यटन क्षेत्र चलायन भइरहे कुनै पनि व्यवसायी बेरोगगार भएर बस्नु नपर्ने बताए।

प्रकाशित मिति: : 2019-10-03 09:54:00

प्रतिकृया दिनुहोस्