प्रदेश १ मा भ्रमण वर्ष सफल बनाउन सप्ताव्यापी कार्यक्रम

बिएल

सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ। 

सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेका बेला विराटनर जेसीसले भ्रमण वर्षलाई टेवा पु¥याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो। ‘जेसीस सप्ताह’ कार्यक्रमअन्तर्गत विराटनगर जेसीसले मनाउने साताव्यापी कार्यक्रमको बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो।

सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम छ।

प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पु¥याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए।

‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन हामीले त्यहाँ स्टल राखेका छौं,’ अध्यक्ष बजगाईले भने, ‘ यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा हामी जानकारी गराउछौं। यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने विश्वास लिएका छौं।’

सोही दिन पर्यटकीय स्थलको विवरण संकलन गरी विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल ¥याली निकालिने उनको भनाइ छ। उनका अनुसार र्‍यालीमार्फत भ्रमण वर्षको प्रचार–प्रसार गर्ने योजना छ। ‘विगत वषभन्दा यस पटक जेसीसको सप्ताहव्यापी कार्यक्रम फरक तरिकाले मनाउने हामीले तयारी गरेका हौं। यसमा हामीले सरकारको पनि साथ सहयोग र समर्थन पाएका छौं,’ बजगाईंले भने।

शनिबारदेखि सुरु हुने कार्यक्रम कार्तिक २९ मा समापन हुनेछ। सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजकमा उज्जल खरेल छन् भने अन्य दैनिक हुने कार्यक्रमको पनि छुट्टा–छुट्टै दिनका संयोजक तोकिएका छन्। विराटनगर जेसीसले युवा व्यवसायीलाई ‘बिजनेश ट्रेडिङ’ पनि दिने भएको छ। उक्त ट्रेडिङ कात्तिक २८ मा हुनेछ। यस्तै स्टेशनरीका सामग्री वितरण, अन्तर स्कुल ट्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेतामूलक कार्यक्रम हुने खरेलले बताए। उनले जेसीस सप्ताह सम्पन्न गर्न तीन लाख खर्च हुने जानकारी दिए। सप्ताहको अन्तिम दिन विभिन्न क्षेत्रका तीन जना युवालाई सम्मान गरेर कार्यक्रमको समापन गरिने उनको भनाइ छ।

 

 

प्रकाशित मिति: : 2019-11-07 18:31:20

प्रतिकृया दिनुहोस्