बालविकासका लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने

फाइल तस्बिर: बिएल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशमा बाध्यकारी कानुन बनाउने बताएका छन्।

‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ले बुधबार आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने बताए।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए।प्रदेशमा सञ्चालनमा रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा बालविकासको लागि छुट्टै अभियान चलाउनुपर्नेमा पनि उनले जोड दिए।

समन्वय समूहका संयोजक एवं प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा प्रतिनिधि सभा सदस्य सत्या पहाडी, एकबाल मियाा, सरिता गिरी यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, बाबु लाल साह , विज्ञहरु सहभागि थिए।

प्रकाशित मिति: : 2019-11-27 15:33:41

प्रतिकृया दिनुहोस्