एनआरएनद्वारा मातृभूमिमा कुर्सी-टेबल तोडफोड र नाराबाजी, देखाए चर्तिकला !

यो चित्र नै हो एनआरएन चरित्र । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

काठमाडौैं कुम्भमेलामा भेला भएका एनआरएनले जग हसाउने काम गरेका छन् । उनीहरूले सम्मेलनस्थल ह्यात होटलका केही थान टेबल र कुर्सी भाँचिदिएका छन् । पानीका बोतलले हानाहान मात्र गरेका छैनन् चर्को स्वरमा जिन्दाबाद र मुर्दाबादका नारा पनि घन्काएका छन् । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार साँझ ५ बजेदेखि मतदान हुनुपर्ने थियो । त्यसका लागि उनीहरू लामो समयदेखि लाइनमा लागेका थिए । तर, पछि समयमा काम नसकिएको भनेर साँंझ ७ बजेदेखि मतदान गर्ने  नयाँ समयतालिका निकालियो । त्यसबाट रूष्ट भएका उनीहरू नाराबाजी र तोडफोडमा ओर्लिएका थिए ।

बल्ल बल्ल साँढे आठ बजेदेखि इलेक्ट्रोनिक मतदान सुरू भएको थियो, केहीले मतदान पनि गरिसकेका थिए । त्यतिकैमा निर्वाचन समितिले मेशिनमा प्राविधिक समस्या आएको भन्दै बिहीबार विहान १० बजेसम्मका लागि मतदान स्थगित भएको सूचना जारी गर्यो ।

विदेश गएर, विदेशी मुद्रा आर्जन गरेर, सुकिलो मुकिलो देखिएर अंग्रेजी बोल्दैमा सबै संस्कारयुक्त,सभ्य र सुसंस्कृत हुन्छन् भन्ने भ्रमबाट फेरि पनि हामीलाई मुक्त गर्न गैरआवासीय नेपाली समाज NRN सम्मेलन सफल भएकोमा बधाई ।
तीर्थ कोइराला, अग्रज पत्रकार

त्यसपछि एनआरएनको यो कुम्भमेला 'रात रहे अग्राख पलाएको' अवस्थामा छ । भोली निर्वाचन हुन्छ कि हुदैन, त्यसबारेमै एकिनका साथ भन्न सकिने अवस्था छैन । 

यो पनि पढ्नुहोस् 
एनआरएनए आइसीसी चुनाव : ४२ मध्ये १३ निर्विरोध, २ खाली, २७ पदमा ६१ उम्मेद्वार
एनआरएनलाई सुधार्न : यसो गरे, कसो होला ?
एनआरएन अमेरिकाका 'स्थायी झगडिया' एउटै प्यानलमा : डा. पौडेलको 'महासचिव' फेसबुकमा

यतिबेला नेपालमा एनआरएनप्रतिको वितृष्णा चुलिएको छ । विमानस्थलदेखि नै दादागिरि देखाएर सुरू भएको उनीहरूको सक्कली अनुहार अहिले गुण्डागर्दीमा पुगेको छ । अबेर रातिसम्म मदिरामा डुबेर ह्उाङओभरमै हिडिरहेका अधिकांश एनआरएनलाई कहाँ छु र के गरिरहेको छु भन्नेसम्मको होस पनि छैन । त्यसमाथि पनि चुनावको मात लगाएर भक्कुको राँगोजस्ता बनाइएको छ, त्यसपछि उसले गर्ने काम भनेको विवेकसम्मत हुने नै भएन । 

हे नारान! एन आर एन नामक बिदेशमा बस्ने केही हजार नेपाली वा नेपाली मुलका हरुले तान्डवता प्रदर्शन गरेछन काठमान्डौ "सम्मेलन"मा। यीनै साथी भाइ हरु हुन नेपालमा यसो भएन र उसो भएन भनेर अर्ति दिने।
कृष्ण उपाध्याय, 

भन्दा अप्रिय लाग्छ, तर यसपटक एनआरएनले आफ्नो मातृभूमिमा जे जस्ता हर्कत गरिरहेका छन्, त्यसबाट जग हसाइ भएको छ । र, एनआरएनलाई हेर्ने दृष्टिकोणमा आनका तान फरक परेको छ । यसको दशी प्रमाण हेर्न टाढा जानै पर्दैन । सामाजिक सञ्जालमा आएका केही प्रतिनिधि प्रतिक्रिया नै पर्याप्त छन् ।

 

प्रकाशित मिति: : 2019-10-17 03:04:09

प्रतिकृया दिनुहोस्