नेपाल नम्बर १ संरक्षण भन्छन्- सागमा लनटेनिसबाट पदक आउँछ (भिडियो)

बिएल

नेपाली लन टेनिसको पुरुषतर्फ नम्बर एक खेलाडी संरक्षण भुषण बज्राचार्य नेपालका उदयीमान खेलाडी हुन्। सन् २०१६ यता १८ वर्षिय संरक्षकले आफूलाई नेपालको शीर्ष बरियताका खेलाडी बनाएका छन्।

यसअघि कुमार अघिकारी र जितेन्द्र परीयारले लामो समय राज गरेको लन टेनिसमा युवा खेलाडी शंरक्षणभुषण बज्राचार्यले बिस्थापित गराएका हुन्। आज भोलि आयोजना हुने कुनै पनि प्रतियोगितामा उनकै बर्चश्य देखिन्छ।

संरक्षण पनि यस्ता उदीयमान खेलाडी हुन्, जसले नेपाली खेलकुदको उज्जल भविश्य बोकेका छन् । लन टेनिस परीवारबाट आएका संरक्षणले सागका लागि भनेर अष्ट्रेलियामा दुई वर्ष प्रशिक्षण गरे। उनी नोभेम्बर २४ मा नेपाल फर्किएका हुन्।

संरक्षणको पुरै परीवार टेनिस खेलमा संलग्न छ । संरक्षणको ममी रेणुदेबी बज्राचार्य कोन्डा लन टेनिसको मुख्य प्रशिक्षक हुन्। उनका पिता सूर्य भुषण बज्राचार्य पनि टेनिसकै बरिष्ठ प्रशिक्षक हुन्। संरक्षणका भाई सम्यक पनि टेनिस खेलाडी हुन्।

उच्चस्तरको प्रशिक्षण नेपाली खेलाडीले पाउने हो भने, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले मेडल ल्याउन बताउँछन्।

उनको खेल आगामी डिसेम्बर २ तारिकमा हुनेछ।

संरक्षणका अनुसार यसपटक नेपालको पदक ल्याउने राम्रो सम्भावना रहेको छ।

दोस्रो पटक साफ गेम खेल्दै गरेका संरक्षण भन्छन् यसपटक नेपाललाई पदक दिलाउने सम्भावना रहेको बताउँछन्।

उनले भारतीय प्रशिक्षण धेरै राम्रो हुने भएकाले आफ्नो मुख्य प्रतिश्पर्धी भारतीय खेलाडी रहेको बताए। उनले टिम इभेन्टस् र व्यक्तिगत स्पर्धामा पदक जित्ने सम्भावना रहेको बताएका छन्।

हेर्नुहोस् उनीस‌ँगको अन्तर्वार्ता

प्रकाशित मिति: : 2019-11-28 07:38:43

प्रतिकृया दिनुहोस्