आमिरको एकदिवसीयमा उत्कृष्ट बलिङ, अस्ट्रेलियाविरूद्ध ५ विकेट

तस्वीरः एजेन्सी

पाकिस्तानका तीब्र बलर मोहम्मद आमिरले अस्ट्रेलियाविरूद्ध आफ्नो जीवनकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्।

स्पट फिक्सिङ काण्डमा पाँच वर्ष प्रतिबन्ध झेलेर पुनः टिममा फर्किएका आमिरले विश्व कप क्रिकेटअन्तर्गत बुधबार टाउन्टनमा भएको खेलमा ३० रन खर्चेर ५ विकेट लिए।

१० ओभरको कोटामा उनले २ मेडन समेत राखेका थिए। यसपालिको विश्व कपमा पाँच विकेट लिने उनी तेस्रो बलर पनि बनेका छन्। यसअघि न्युजिल्यान्डका जेम्स निसामले यही मैदानमा ३१ रन खर्चेर अफगानिस्तानविरूद्ध पाँच विकेट लिएका थिए।

अस्ट्रेलियाका मिशेल स्टार्कले पनि वेष्ट इन्डिजविरूद्ध ४६ रन खर्चिने क्रममा पाँच विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-06-12 23:48:05

प्रतिकृया दिनुहोस्