भारत र न्युजिल्यान्डको खेल पनि वर्षालाई भेट, विश्व कपको ४ खेल पानीले प्रभावित

तस्वीरः एजेन्सी

दुई पल्टको विश्व विजेता भारत र यस विश्व कपको अंक तालिकामा शीर्ष स्थानमा रहेको न्युजिल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

विश्व कपअन्तर्गत १८ औं खेलको रुपमा विहिबार भारत र किवी टिम मैदानमा उत्रिनु पर्ने थियो। तर, नटिङ्घममा परेको मुसलधारे वर्षाका कारण खेल रद्द भयो। दुवै टिमले १–१ अंक बाँडे।

न्युजिल्यान्ड ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा कायम छ। तीन खेल खेलेको भारतले ५ अंक जोडेको छ। आज भारतलाई अभ्यास खेलको बदला लिने मौका थियो। तर, वर्षाले खेल अवरुद्ध पारेपछि भारत अंक बाड्न बाध्य भयो।

सन् २०१५ को उपविजेता न्युजिल्यान्डले पाँचौ खेल जुन १९ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

भारतको चौथो खेल चिरप्रतिद्धन्द्धी पाकिस्तानसँग हुनेछ। यसपालिको विश्व कपमा यो समेत चौथो खेल पनि प्रभावित भएको हो। आज भारतले औलामा चोट लागेका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनको स्थानमा केएल राहुललाई क्रिजमा उतार्दै थियो।

वर्षाका कारण यसअघि वेष्ट इन्डिज र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश, पाकिस्तान र श्रीलंकाबीचको खेल प्रभावित भइसकेको छ।

प्रकाशित मिति: : 2019-06-13 23:18:56

प्रतिकृया दिनुहोस्