दर्शकहरूले सबैभन्दा बढी प्रतिक्षा गरेको विश्व कपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाबाट प्रभावित बन्ने सम्भावना बढेको छ।
भारत–पाकिस्तान आइतबार दिउँसो पौने दुई बजे म्यानचेस्टरको ओल्ड ट्राफोड मैदानमा खेल्दैछन्।
वर्षाका कारण यसअघि ४ खेल प्रभावित भइसकेका छन्। बेलायतको मौसम विभागले आइतबार १२ बजे म्यानचेस्टरमा पानी पर्ने सम्भावना ५० प्रतिशत रहेको भविष्यवाणी गरिसकेको छ। उसले १ बजेसम्म पानी पर्ने सम्भावना ७० प्रतिशतले बढ्ने पनि बताएको छ।
दिउँसो २ देखि ५ बजेसम्म पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको र ६ बजेतिर ८० प्रतिशतले बढ्ने पनि बताएको छ।
वर्षाका कारण विश्व कपको धेरै खेल प्रभावित बन्न थालेपछि अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) को निर्णयको विरोध हुन थालेको छ।