भारतसँग ‘डकवर्थ एन्ड लुइस’ नियमको आधारमा ८७ रनले पराजित भएपछि पाकिस्तानी मिडियाले भारतीय टेनिस स्टार सानिया मिर्जालाई विवादमा तान्ने प्रयास गरेका छन्। तर, पाकिस्तान क्रिकेट बोर्डले यसमा स्पष्टीकरण दिएको छ।
भारतविरुद्ध आइतबार भएको खेलभन्दा अघिल्लो राती सानियासँग उनको श्रीमान् सोहेब मलिक, इमाम–उल–हक, वहाब रियाज र इमाद वासिमले शिशा वारमा पार्टी मनाइरहेको भिडियो सार्वजनिक भएको थियो।
भारतसँग पराजित भएपछि सार्वजनिक भिडियोलाई लिएर पाकिस्तानी मिडियाले समाचार बनाएका थिए।
तर, पाकिस्तान क्रिकेट बोर्डले त्यो भिडियो दुई दिनअघिको स्पष्ट पारेको छ। बोर्डले टिम व्यवस्थापकको मन्जुरी लिएर उनीहरू जमघट भएको पनि बताएको छ। खेल हुने अघिल्लो दिन शनिवार सबै खेलाडी आफ्नो कोठमा भएको र कसैले कफ्र्यु उल्लङ्घन नगरेको बताएको छ।