पाकिस्तानले विश्व कपअन्तर्गत हाल लर्ड्समा भइरहेको खेलमा दक्षिण अफ्रिकालाई ३ सय ९ रनको चुनौति दिएको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा ३ सय ८ रन बनायो। पाकिस्तानका लागि हेरिस सोहेलले ८९ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनले ९ चौका र ३ छक्को सहयोगले ५९ बलमा प्रभावशाली ब्याटिङ प्रदर्शन गरे।
प्रारम्भिक ब्याट्सम्यान फकर जमान र इमाम–उल हकले ४४–४४ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। अर्को ब्याट्सम्यान बाबर आजमले ६९ रन बनाए। इमाद वासिमले २३ र मोहम्मद हाफिजले २० रन बनाएका थिए।