भारतलाई अर्को झट्का, विजय शंकर घाइते

तस्बिरः एजेन्सी

विश्व कपमा भारतलाई अर्को ठूलो झट्का लागेको छ। प्रारम्भिक ब्याट्सम्यान शिखर धवन औलाको चोटका कारण विश्व कपबाट बाहिरिएको दुई साता नबित्दै अलराउन्डर विजय शंकर पनि चोटका कारण बाहिरिएका छन्।

विजयको स्थानमा भारतले मयंक अग्रवाललाई इंग्ल्यान्ड बोलाएको छ। दाहिने हाते ब्याट्सम्यान मयंक घरेलु क्रिकेटमा कर्नाटकबाट खेल्ने गर्छन्। उनले राष्ट्रिय टोलीमा अहिलेसम्म मौका पाएका छैनन्।

तर, भारतका लागि २ टेस्ट भने खेलिसकेका छन्। दुबैमा उनले अर्धसतक बनाएका छन्।

विजय शंकर अभ्यासका त्रममा जसप्रीत बुमराहको बलमा घाइते भएको बताइएको छ। उनलाई खुट्टामा चोट लागेको थियो।

विजय चौथो नम्बरमा ब्याटिङका लागि उत्रिने गर्थे। उनको स्थानमा भारतले इंग्ल्यान्डविरूद्ध ऋषभ पन्तलाई आइतबार मौका दिएको थियो।

 

प्रकाशित मिति: : 2019-07-01 17:30:23

प्रतिकृया दिनुहोस्