भारतीय उपकप्तान विराट कोहली एउटै विश्व कपमा ४ सतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। उनले बंगलादेशविरूद्ध मंगलबार बर्मिङ्घमको एजबेस्टनमा १ सय ४ रन बनाउँदै यो कीर्तिमान राख्न सफल भएका हुन्। यसअघि विश्व कपमा सर्वाधिक सतक बनाउने कीर्तिमान पूर्व कप्तान राहुल गांगुलीको नाममा थियो। राहुलले सन् २००३ मा ३ वटा सतक बनाएका थिए।
रोहितले विश्व कपमा ४ सतक बनाउने श्रीलंकाका पूर्व कप्तान कुमार संगकाराको कीर्तिमानलाई बराबरी गरे। संगकाराले २०१५ को विश्व कपमा ४ वटा सतक बनाएका थिए।
रोहित चालु विश्व कपमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यान पनि बनेका छन्। उनले अस्ट्रेलियाका डेभिड वार्नरलाई पछाडि पारेका हुन्। वार्नरले ३ सतक पुरा गरेका छन्। उनी विश्व कपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्। रोहितले ७ इनिङमा ५ सय ४४ रन बनाएका छन्। वार्नरले ८ इनिङमा ५ सय १६ रन बनाएका छन्।
रोहितको विश्व कपमा ५ सतक पुरा भएको छ। उनी विश्व कपमा ५ सतक बनाउने तेस्रो ब्याट्सम्यान पनि बनेका छन्। यसअघि अस्ट्रेलियाका रिकी पोन्टिङ र संगकाराले ५–५ सतक पुरा गरेका थिए।