बुमराहको सय विकेट पुरा, दोस्रो छिटो भारतीय बलर

Agency

भारतका युवा तीब्र बलर जसप्रीत बुमराहले एकदिवसीय क्रिकेटमा सय विकेट पुरा गरेका छन्। उनले लिड्समा शनिबार श्रीलंकाविरूद्ध कप्तान दिमुश करुणारत्नेको विकेट लिँदै एकदिवसीयमा सय विकेट पुरा गरेका हुन्।

बुमराह एकदिवसीयमा एक सय विकेट पुरा गर्ने भारतका दोस्रो छिटो बलर बनेका छन्। उनले ५७ एकदिवसीयमा सय विकेट पुरा गरेका हुन्। एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पुरा गर्ने भारतीय बलर मोहम्मद सामी हुन्। उनले ५६ इनिङमा सय विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-07-06 17:07:14

प्रतिकृया दिनुहोस्