च्याम्पियन्स लिग: लिभरपुल र नापोली भिड्दैं

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिगमा आज (मंगलबार) साबिकको विजेता लिभरपुलले इटालियन क्लब नापोलीविरुद्ध खेल्ने भएको छ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल नापोलीको घरेलु मैदानमा हुनेछ ।

लिभरपुल सन् २०१८–१९ को विजेता टोली हो । लिभरपुलले टोनह्यामलाई हराउँदै अघिल्लो सिजनको उपाधि जितेको थियो ।लिभरपुल र नापोली समूह ‘ई’का टोली हुन् । यस समूहमा लिभरपुल र नापोलीबाहेक जेन्क र साल्जबर्ग पनि छन् । यी दुई टोली पनि आज हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

यसबाहेक च्याम्पियन्स लिगमा आज अन्य ७ खेलहरू हुँदैछन् । आजको खेलमा बार्सिलोना, डर्टमुण्ड, चेल्सी, नापोली, इन्टर मिलान, आयाक्सजस्ता बलिया टोली पनि प्रतिस्पर्धामा छन् ।

आजको पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानले स्लाभिया प्रहासँग खेल्नेछ भने दोस्रो खेलमा फ्रेन्च क्लब लियोन र रसियन क्लब जेनिटले खेल्नेछन् । यस्तै तेस्रो खेलमा इंग्लिस टोली चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया भिड्दा चौथो खेलमा रेडबुल र जेन्कले खेल्नेछन् ।

पाँचौं खेलमा लिभरपुल र इटालियन क्लब नापोलीले खेल्दा छैटौं खेलमा डच क्लब आयाक्स र फ्रेन्च क्लब एलओएससी भिड्नेछन् । सातौं खेलमा पोर्चुगिज क्लब बेन्फिका र जर्मन क्लब आरबी लेइपीचले खेल्नेछन् । यस्तै आठौं खेलमा भने बार्सिलोना र डर्टमुण्डले खेल्नेछन् ।

प्रकाशित मिति: : 2019-09-17 17:37:38

प्रतिकृया दिनुहोस्