जिदानसँग नाभासले लिए बदला

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग पराजित भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको पहिलो खेलमा पिएसजीले मड्रिडलाई ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे ।

आफ्ना स्टार खेलाडीहरू केलिएन एमबाप्पे, एडिसन काभानी तथा नेइमार बिना नै मैदानमा उत्रेको पिएसजीले खेलको १४ औं मिनेटमा गोल गरेको थियो । उनसका लागि डि मारियाले गोल गरेका हुन् । त्यसपछि ३३ औं मिनेटमा पुनः डि मारियाले नै गोल गर्दै २–० को अग्रता बनाए ।

पहिलो हाफ २–० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दा ३–० को अग्रता बनायो । उसका लागि मुनिएरले गोल गरेका थिए ।

जिदानसँग नाभासले लिए बदला

हिजोको खेलमा पहिले एकै क्लबका दुई गोलकिपर नाभास र कोर्टवा  विपक्षीको रुपमा भिन्न–भिन्नै गोल पोस्टमा देखिएका थए । मड्रिडमा दोस्रो रोजाइमा रहन असन्तुष्टि जनाउँदै ट्रान्सफर विन्डो बन्द हुनुअघि नाभास पीएसजीमा अनुबन्धित भएका थिए ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गोलकिपर कोर्टवालाई पहिलो र नाभासलाई दोस्रो रोजाइको गोलकिपरको रुपमा लिएका थिए । तर नाभासले असन्तुष्टि जनाएपछि जिदानले निकट भविष्यमा दुई गोलकिपरको सम्बन्ध राम्रो नहुने भन्दै नाभासलाई बेच्ने कुरामा सहमति जनाएका थिए ।

प्रकाशित मिति: : 2019-09-19 12:31:46

प्रतिकृया दिनुहोस्