बागलुङकाे बडिगाडमा नेकपाका शेरचन विजयी

बिएल

बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन्।

राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचनले ७०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरे।

१ हजार ७ सय ४२ जना मतदाता रहेको वडामा १ हजार १ सय ३४ मत खसेको थियो। १२ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उप(प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो।

प्रकाशित मिति: : 2019-11-30 22:04:25

प्रतिकृया दिनुहोस्