भक्तपुरमा कांग्रेसका भडेलकाे अग्रता

फाइल तस्बिर: बिएल

भक्तपुर क्षेत्र नं १ क प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ। आइतबार बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले अग्रता कायम राखेका हुन्।

भडेलले अहिलेसम्म ९०९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ६७८३ मत ल्याएका छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले २०६४, कमल थापा नेतृत्वका राप्रपाका श्यामप्रसाद नेपालले २९४ मत ल्याउँदा साझा पार्टीका सुरज प्रधानको २४८ मत रहेको छ।

त्यस्तै समाजवादी पार्टीका सुदर्शन मुनंकर्मीको १५ र नेकपा मालेका सुदर्शन लामिछानेको १५ मत रहेको छ।

प्रकाशित मिति: : 2019-12-01 08:28:04

प्रतिकृया दिनुहोस्