एनआरएनका नयाँ 'दानवीर कर्ण' कुमारद्वारा एक करोड सहयोग : चुनाव प्रभावित हुदैन ?

एनआरएनका नयाँ 'दानवीर कर्ण' कुमार पन्त । तस्बिर : समिम फोटोग्राफी

एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तले संघलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्षसमेत रहेका पन्तले घाटामा गएर दैनिक खर्च नै चलाउन मुस्किल अवस्थामा पुगेको संघलाई उकास्न र आगामी विश्व सम्मेलनको तयारीको लागि यो सहयोग गरेको बताइएको छ । 

पन्तको यो सहयोगले एनआरएनलाई महत्वपूर्ण योगदान त पुर्यायो होला तर चुनावकै मुखमा यसरी उम्मेद्वारले सहयोग गर्नु चुनावी आचारसंहिता उलंघन हो कि हैन भन्ने प्रश्न पनि उठेको छ । 

अब अध्यक्षका अरू उम्मेद्वारलाई पनि सहयोग गर्नुपर्ने बोलकबोलमा उत्रनुपर्ने परिस्थिति सिर्जना भएको छ । त्यसले एनआरएन विश्व सम्मेलन तथा साधारणसभाका माहोल कस्तो सिर्जना हुन्छ ? चुनाव प्रभावित हुन्छ कि हुदैन ? एनआरएनका नयाँ दानबीर कर्ण देखिएका कुमारको यो उदार सहयोगसँगै यी र यस्तै प्रश्नहरू फालिम लागेका छन् । 

यसैबीच एनआरएनए अध्यक्ष भवन भट्टले उपाध्यक्ष पन्तले गरेको यस सहयोगका लागि धन्यवाद दिएका छन् । उनले सहयोगको लागि अन्य व्यक्तिलाई पनि अपील गरिएकाले थप सहयोग आउने अपेक्षा राखेको पनि बताए । यसबाट चुनावी आचारसंहिता उलंघन हुने वा चुनाव प्रभावित हुने भन्ने कुरै नआउने बताउँने सदस्यले संस्था अप्ठ्यारोमा परेको बेला सकेको सहयोग गर्नुलाई अन्यथा लिन मिल्दैन, उनले भने ।

 

 

 

प्रकाशित मिति: : 2019-09-11 19:00:12

प्रतिकृया दिनुहोस्