प्रचण्डको क्षेत्रमै नेकपा उम्मेद्वार पराजित, कांग्रेसले लियो बदला

नेकपा अध्यक्ष प्रचण्ड : राम्रो छैन है संकेत । फाइल तस्बिर

नेपालमा सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपाले पार्टी अध्यक्ष प्रचण्डकै निर्वाचन क्षेत्रमा हार ब्यहोर्नु परेको छ । उनकी छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिका वडा नः १६ मा नेकपालाई कांग्रेसले हारको स्वाद चखाएको हो ।  

यसअघि नेकपा एमाले एक्लैले जितेको यस वडामा कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। उनले नेकपाका भक्तराज हमाललाई ३०८ मतले पराजित गरे।

भरतपुर महानगरपालिका-१६ (चितवन) : अमृत राज हमाल- ३१८३ कांग्रेस (विजयी), भक्तराज हमाल- २८७५ नेकपा (पराजित)

 

निर्वाचन आयोगले जारी गरेको परिणामअनुसार अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराजले २८७५ मत प्राप्त गरे ।

यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका चतुरमान गुरुङ प्लानलसहित विजयी भएका थिए । उनले अमृत हमाललाई ६४ मतले पराजित गरेका थिए। गत असोजमा क्यान्सर रोगका कारण गुरूङको निधन भएपछि भएको निर्वचानमा हमालले हारको बदला लिए। उनले आफ्नो जितमा मतको अन्तर पनि धेरै गुणाले बढाए । उनी ६४ मतले हारेका थिए भने अहिले जित्दा ३०८ मतले जिते ।

नेकपाकी राष्ट्रिय सभाकी सांसद पार्वती रावल पनि यही वडाकी बासिन्दा हुन् । 

प्रकाशित मिति: : 2019-12-01 09:38:03

प्रतिकृया दिनुहोस्