स्विट्जरल्याण्डमा नेपाली र स्विस नागरिकले एकै स्वरमा भने : 'गो ब्याक इण्डिया'

बिएल

स्विट्जरल्याण्डका विभिन्न सहरहरुमा बसोबास गर्ने नेपालीले भारतले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने माग गर्दै राजधानी बर्नमा 'गो ब्याक इण्डिया' को नारा लगाएका छन्।

प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र गैर आवासीय नेपाली संघ स्विसको संयुक्त आयोजनामा सम्पन्न विरोध सभा पश्चात भारतीय दूतावासमा अतिक्रमित भूमि फिर्ताको माग गर्दै ज्ञापन पत्र पनि बुझाइएको छ।

विरोध सभामा मञ्चका स्विस संयोजक अच्युत फुयाँलले भारतीय हेपाहा प्रवृत्तिको विरुद्ध सँधै लड्नुपरेको बताउँदै इमान्दारीपूर्वक जमिन फिर्ता नगरे आफूहरु यो मुद्दालाई संयुक्त राष्ट्र संघमा उठाउन तयार रहेको बताए।

स्विस जस्तै भूपरिवेष्ठित नेपाललाई सानो देश भनेर ठुला छिमेकीले हेप्न नपाइने भन्दै धेरैपटक नेपाल गएका स्विस नागरिक पास्कलले यो आन्दोलनमा आफू समर्थन रहेको बताए।

संचारकर्मी लक्ष्मण देवकोटाले संचालन गरेको विरोध सभा पश्चात भारतीय दूतावास मार्फत् प्रधानमन्त्री नरेन्द्र मोदी र स्विसको परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको थियो।

जनसम्पर्क समितिका उपाध्यक्ष प्रकाश पौडेल, एनआरएन आइसीसी सदस्य भूमी गुरुङ, एनआरएन अध्यक्ष शिव सुब्बा, पूूर्व अध्यक्ष धर्म गुरुङ, संस्थापक संजय मूडभरी, बर्न समाजका अध्यक्ष विष्णु थापा, स्विसमा कार्यरत संचारकर्मीको तर्फबाट युवराज फुयाँल, स्विसको फ्रिबोर्ग गाउँबाट विरोध सभामा आएका नेपाललाई माया गर्ने स्विस नागरिकहरु पास्कल र मेरी गोल्ड, बर्न निवासी सुरेन्द्र दास, राजु खत्री, इश्वर परियारले भारतले यसरी सीमा मिच्दै गए भोलि देशै नरहन सक्छ भन्दै मिचिएका क्षेत्रबाट कुटनीतिक पहलबाट जमिन फिर्ता गर्नुपर्ने, नभए नागरिकहरु उत्रेर खोसेर भएपनि लिनुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2019-11-27 17:10:24

प्रतिकृया दिनुहोस्