अपडेट: क्राइस्टचर्च गोलीकाण्डका बन्दुकधारी अदालतमा पेश

तस्बिर : रोयटर्स

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको आक्रमणमा संलग्न ब्रेन्टन ट्यारेन्टलाई अदालतमा पेश गरिएको छ ।

न्युजिल्याण्ड प्रहरीका अनुसार २८ वर्षका अभियुक्त ट्यारेन्ट अस्ट्रेलियाका हुन् । उनलाई हत्याको अभियोग लगाइएको छ। 

जेलको सेतो लुगा र हत्कडी लगाएको अवस्थामा अदालत पेश गरिएका उनीविरुद्ध अरु मुद्दा पनि दर्ता हुने सम्भावना रहेको प्रहरीले जनाएको छ।

ट्यारेन्ट बाहेक अरु दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरू तीनजनाकै यसअघि आपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड नपाइएको पनि प्रहरीले जनाएको छ।

ट्यारेन्टलाई आउँदो अप्रिल ५ मा पुनः अदालतमा पेश गरिने छ ।

यसैबीच न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले ट्यारेन्टसँग फायरआर्म्सको लाइसेन्स र पाँचवटा बन्दुक रहेको बताएकी छिन् । उनले बन्दुकसम्बन्धी देशको कानुन परिवर्तन गरिने जानकारी दिएकी छिन्।

प्रकाशित मिति: : 2019-03-16 11:20:02

प्रतिकृया दिनुहोस्