'सिड्नी फेसनिस्टा २०१९’ आयोजना हुँदै

तस्बिरः बिएल

अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेसनिस्टा–२०१९’ आयोजना हुने भएको छ ।

एएसएपी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको फेसनिस्टामा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल, गायिका आस्था कुँवर मोडल तथा नृत्याङ्गना एन्जल श्रेष्ठ, कर्पोरेट क्वीन शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइलीलगायतको सहभागिता हुने बताइएको छ। 

मोडल तथा कोरियोग्राफर अर्चना शर्माले कोरियोग्राफी गर्ने फेशन शोमा विदेशी तथा नेपाली मोडलले नेपालका विभिन्न पहिरनमा र्‍याम्प वाक गर्ने भएका छन्।

यस्तो कार्यक्रम सिड्नीमा पहिलो पटक हुन लागेको आयोजक एएसएपीका निर्देशक सन्तोष अधिकारी बताउँछन्। उनी भन्छन्- पृथक कार्यक्रम भएकाले सिड्नीवासीमा उत्साह छाएको छ।

विवेक खतिवडाले सञ्चालन गर्ने कार्यक्रममा मोडल तथा कोरियोग्राफर अर्चना शर्माको कोरियोग्राफीमा फेसन शो पनि आयोजना हुने छ। फेशन शोमा विदेशी तथा नेपाली मोडलले नेपालका विभिन्न पहिरनमा र्‍याम्पवाक गर्ने भएका छन्।

आयोजक एएसएपीले यसअघि अष्ट्रेलियामा दुईपटक विभिन्न मनोरञ्जनात्मक तथा सांगीतिका कार्यक्रम र पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्वीनजस्ता कार्यक्रमको आयोजना गरिसकेको छ।

 

प्रकाशित मिति: : 2019-03-17 21:01:59

प्रतिकृया दिनुहोस्