अर्घाखाँचीको मालारानीमा कांग्रेसका शोभाखर खनाल विजयी

बिएल

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।

खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।

शोभाखरले एक हजार १५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाएका छन्।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार २२५ मत खसेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।

नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको थियो।

प्रकाशित मिति: : 2019-12-01 13:56:17

प्रतिकृया दिनुहोस्