हुम्लाको खार्पुनाथमा नेकपाकी रुपा शाही विजयी

प्रतिकारत्मक तस्बिर

हुम्लाको खार्पुनाथ गाउँपालिकामा भएकाे उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की रुपा शाही विजयी भएका छन्। शाही १४ सय ५३ मत ल्याइ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस तारा शाहीले १३ सय ५० मत ल्याए। यता,राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत पाएका छन्।

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मत खसेको छ। कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९ मत खसेको हो। ४ मत भने बदर भएको छ।

गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: : 2019-12-01 15:37:28

प्रतिकृया दिनुहोस्