मर्केलले गरिन् ट्रम्पको आलोचना, इभांकाको मलिन प्रतिक्रिया

AGENCY

वासिङटन-अटो आयात अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको ट्रम्पको दावीप्रति जर्मन चान्सलर एंगेला मर्केलले आलोचना गरेकि छन्। यो आलोचनाप्रति ट्रम्प पुत्री इभांका ट्रम्पले मलिन प्रतिक्रिया जनाएकी छन्।

मर्केलले म्युनिख सुरक्षा सम्मेलनको समयमा बोल्दै के ट्रम्प प्रशासनले युरोपेली कारले राष्ट्रिय सुरक्षामा खतराको दावी साच्चै हो भनेकि थिइन्।“यो साच्चैनै हो भने यो मेरा लागि ह्दय बिदारक हुनेछ,” उनले भनन्।

“हामी हाम्रा कारप्रति गर्व गर्छौ,” मर्केलले भनिन्। हामलाई यी कार उत्पादनको अनुमती पनि छ। यी कारहरु अमेरिकामै बनेका हुन्।”

“यदी यी कारहरु बाभारियामा बनेका कार भन्दा कम डर लाग्दा छन्। के साच्चै नै यी कारहरु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भए ? यसले हामीलाई आघात पुगेको छ,” उनको घोषणा थियो।

यो आलोचनाबाट दर्शक दिर्घामा ताली बजेको र खुसी मनाइएको थियो। तर इभांकाले यसको टिठ लाग्दो पक्ष नदेखेको बताइन्।

प्रकाशित मिति: : 2019-02-20 01:03:50

प्रतिकृया दिनुहोस्