९३ जनाको हत्या गर्ने अमेरिकी, बनाए धेरैको हत्या गर्नेको नयाँ कीर्तिमान

९३ जनाको हत्या गर्ने सिरियल किलर स्यामुएल लिटल । तस्बिर : एजेन्सी

अमेरिकाका एक सिरियल किलरले ९३ जनाको हत्या गरेको साविती वयान दिएका छन् । ती हत्यारा ७९ वर्षिय स्यामुएल लिटल भएको अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ ।

पछिल्लो चार दशकमा यति धेरै मानिसको हत्या गरेको वयान दिएपछि लिटलको नाममा अमेरिकामा सबैभन्दा बढी मानिसको हत्या गर्ने हत्याराको नयाँ कीर्तिमान बनेको छ । 

यो पनि हेर्नुहोस् 
एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको भिडियो सन्देश

पूर्वबक्सर समेत रहेका लिटल तीनजना महिलाको हत्या अभियोगमा सन् २०१२ देखि जेल सजाय भोगिरहेको बताइएको छ । 

उनले सन् १९७० देखि २००५ को बिचमा हत्या गरेका ५० वटा फरक घटनाको मुद्दा दर्ता ैभैसकेको छ भने बाँकि ४३ घटनाका बारेमा अनुसन्धान जारी रहेको एफबीआईले जनाएको छ । 

सिरियल किलर लिटलले कमजोर व्यक्ति, कालो वर्णका महिला, लागुऔषध प्रयोगकर्ता र यौनकर्मीको हत्या गर्ने गरेको पाइएको छ । 

उनले अधिकांशलाई पहिले मुक्का प्रहार गर्ने र त्यसपछि घाँटी थिचेर हत्या गर्ने गरेको बयान दिएका छने । तर उनले हत्या गरेका धेरैको मृतशरीर भेट्टाउन नसकिएको पनि जनाइएको छ । 

लिटलले आफूले हत्या गरेकाको तस्बिर बनाइदिएर अनुसन्धानकर्मीहरूलाई सघाउदै आएका छन् । 

 

प्रकाशित मिति: : 2019-10-13 02:20:04

प्रतिकृया दिनुहोस्