दक्षिण अफ्रिकाको मन्त्रिमण्डलमा ५० प्रतिशत महिला, प्रतिपक्षी सांसद पनि मन्त्री

दक्षिण अफ्रिकामा राष्ट्रपति सिरिल रामाफोसा । तस्बिर : एपी

दक्षिण अफ्रिकामा राष्ट्रपति सिरिल रामाफोसाले नयाँ मन्त्रिमण्डलमा ५० प्रतिशत महिलालाई सामेल गराएका छन्। उनले शुक्रवार घोषणा गरेको नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला संलग्न गराएर अफ्रिकामै लैंगिक समानताको पक्षमा नयाँ कीर्तिमान बनाएका हुन्।  

उनले संसदमा प्रतिपक्षमा रहेकी महिलालाई समेत मन्त्रिमण्डलमा सामेल गरेर नयाँ प्रयोग गरे।यसलाई दक्षिण अफ्रिकामा विशेष महत्वका साथ हेरिएको छ।

दक्षिण अफ्रिकी बिश्लेषक तथा पत्रकारहरुले सिरिल रामाफोसाले बनाएको नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला हुनुलाई सुखद आश्चर्य बताएका छन। गएको महिना मे ८ मा दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा नेशनल कांग्रेस पार्टीले बहुमत ल्याएको थियो।

लैगिक समानतालाई राष्ट्रपति सिरिल रामाफोसाले महत्व दिएको बिषयलाई अहिले दक्षिण अफ्रिकामा महत्वपूर्ण वहस थालिएको छ। बीबिसीसँग कुरा गर्दै बिजनेस यूनिटी साउथ अफ्रसका (बुसा) की तान्या कोहनले भनेकी छिन्- ’यो महिलाहका लागि महत्वपुर्ण उपलव्धी र खुशीको कुरा हो।’

सिरिल रामाफोसाले बनाएको नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिलाको उपस्थितिले दक्षिण अफ्रिकामा गरिव उन्मुलनको लागि सहयोग पुग्न सक्ने समेत बिश्लेषण गरिएको छ। रामाफोसाले मन्त्रिमण्डलललाई पनि २८ सदस्यीय मन्त्रिमण्डलमा सिमीत गरेका छन्। यसअघि ३६ सदस्यीय जम्बो मन्त्रिमण्डल थियो। 

प्रकाशित मिति: : 2019-06-01 02:00:57

प्रतिकृया दिनुहोस्