मालाबीमा तीन नेपाली युवती बेपत्ता : उद्धार नभएपछि भागे सेफ हाउसबाट

मानव तस्करीको जालोमा नेपाली चेलीहरू । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबीमा विगत ७ महिनादेखि अलपत्र परेका तीन नेपाली युवती भगौडा घोषित भएका छन् । राजधानी लिलोङवेको सेफ हाउसबाट भागेपछि उनीहरू त्यहाकाो कानूनअनुसार भगौडा घोषित भएका हुन् ।

यसरी भगौडा घोषित भएका युवतीहरूमा प्यूठानकी वसन्ता जैसी,  सिन्धुलीकी सीता थिङ र काभ्रेपलाञ्चोककी सीता खनाल रहेको बताइएको छ । 

राजधानी लिलोङवेबाट चार घण्टा बसयात्रामा पुगिने जुम्बा सहरतिर लागेका उनीहरू बेपत्ता भएको बताइएको छ ।

उनीहरूलाई हाउसमेडका रूपमा काम गर्न भनेर मानव तस्करीको एक गिरोहले मुम्बै, दुबई हुदै मालाबी पुर्याएका थिए । केही समययता नेपाली युवतीहरू अफ्रिकी मुलुक पुर्याएर देहब्यापारमा लगाउने गरिएको समाचार बाहिर आइरहेको छ ।

नेपालसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध नै नभएको मालाबीबाट उनीहरूलाई उद्धार गर्न सजिलो छैन । यसका लागि नेपाली नियोगहरूले समन्वयात्मक तथा प्रभावकारी काम गर्न सकेका छैनन् । एकले अर्कालाई पन्छाउने र देखाउने गर्दा ती युवतीहरू पुन: बेपत्ता हुन पुगेका हुन् । अब उनीहरूलाई कसरी भेटाउने र उद्धार गर्ने ? यो एक जटिल विषय बनेको छ ।

 

 

प्रकाशित मिति: : 2019-07-26 10:30:15

प्रतिकृया दिनुहोस्